मिटरब्याजीहरुको माइतीघर मण्डलामा धर्ना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । मिटरब्याजीहरु पनि लेनदेन कारोबार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन् । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन् ।

‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शन उत्रिएका हुन् ।

ADVERTISEMENT

मिटरब्याजी पीडितले पनि काठमाडौं आएर प्रदर्शन गरेका थिए । उनीहरुको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरेर छानबिन गरिरहेका बेला मिटरब्याजी पनि काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *