अमेरिकी राष्ट्रपति बाइडेनका छोरा लागुऔषध प्रयोगकर्ता भएको पुष्टी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ ।

राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्विकार गरे पछि यो खुलासा भएको हो ।

संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागे पछि उनले एक सरकारी कार्यालयसक्ष पुगेर सो स्वीकार गरेका हुन ।

ADVERTISEMENT

आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निवेदनमा राष्ट्रपति पुत्र हन्टर बाइडेनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्विकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रुपमा बन्दुक राखेको जानकारी दिएका हुन ।

उनको सो निवेदनलाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने हुन्छ । यदी, त्यो अनुमोदन नभएमा राष्ट्रपति पुत्रमाथी कानुनी कारबाही हुनेछ ।

उता, अमेरिकी राष्ट्रपति वाइडनले छोरा हन्टरलाई उनी माथी लागेको अभियोग स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । तर, ह्वाईट हाउसले सो भन्दा बढी कुनै प्रतिक्रिया नदिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज