पुराना वामपन्थी नेता गुरुङको निधन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

राजकुमार कार्की/हिटा
ओखलढुंगा । ओखलढुंगाका पुराना वामपन्थी नेता तिलक गुरुङको निधन भएको छ । उपचारको क्रममा शनिबार राति काठमाडौंमा उहाँको निधन भएको हो । हर्ट इन्जुरीका कारण उहाँको निधन भएको नेता सीताराम गुरुङले जानकारी दिनुभयो । बि.सं १९९३ साल भदौ १५ गते जन्मनुभएका गुरुङको ९३ वर्षको उमेरमा निधन भएको हो ।

सिद्धिचरण नगरपालिका-४ रुम्जाटारमा जन्मनुभएका गुरुङ हाल काठमाडौंको चावहिलमा बस्दै आउनुभएको थियो । भारतीय भुपू आर्मी आसाम राईफल्समा १४ वर्ष काम गरी हवल्दार पदबाट रिटायर्ड भई आएपछि उहाँ जनताको सेवामा तल्लीन रहनुभएको थियो ।

ADVERTISEMENT

२०२७ सालदेखि कम्युनिष्ट आन्दोलनमा आबद्ध हुनुभएका गुरुङ नेकपा चौथो महाधिवेशन (चौम) मा क्रियाशील भएर लाग्नुभएको थियो । २०४६ सालपछि नेपालमा बहुदल आएपछि उहाँ वाममोर्चाको जिल्ला सदस्य हुनुभएको थियो । २०४७ सालमा उहाँले एकता केन्द्रका जिल्ला कमिटी सदस्य भएर काम गर्नुभएको थियो । २०४९ सालमा रुम्जाटार गाविस अध्यक्षको उम्मेदवार भई उहाँ निकटतम प्रतिद्वन्द्वी हुनुभएको थियो । त्यसपछि संयुक्त जनमोर्चाको देखिने समूह र भूमिगत हुने समूह गठन हुँदा उहाँ देखिने समूहको अध्यक्ष हुनुभएको थियो । उहाँ निरन्तर २०६५ सालसम्मै संयुक्त जनमोर्चाको अध्यक्षको भूमिकामा रहनुभएको थियो । २०६२ सालदेखि २०६५ सालसम्म उहाँ जिल्ला अध्यक्षसहित जनमोर्चा नेपालको केन्द्रीय सदस्यसमेत हुनुभएको थियो । २०५६ सालमा संयुक्त जनमोर्चाको तर्फबाट उहाँ ओखलढुंगा क्षेत्र नं १ बाट प्रतिनिधिसभाको उम्मेदवार हुनुभएको थियो भने २०६४ सालमा पनि क्षेत्र नं १ बाटै प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएको थियो ।

उहाँले २०६५ सालमा एकीकृत नेकपा माओवादीको राज्य समितिको सचिवालय सदस्य भई काम गर्नुभएको थियो । २०७२ सालदेखि उहाँ ज्येष्ठ कम्युनिष्ट मञ्चको केन्द्रीय सदस्य हुनुभएको थियो । उहाँले भारतीय सेनाबापत पाउने पेन्सनबाट आधा रकम पार्टीलाई दिने गरेको नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिनुभयो । उहाँको परिवारमा एक छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ । छोरा जेसन गुरुङ अमेरिका रहेकाले छोरा आएपछि मात्र धार्मिक परम्पराअनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय सचिवालय सदस्य कान्छाराम पोखरेलले जानकारी दिनुभयो । गुरुङको पार्थिव शरीरलाई अस्पतालमा राखिएको छ । गुरुङको निधनले कम्युनिष्ट आन्दोलनको इतिहासको धरोहर ढलेको एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य नेत्रप्रसाद भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?