बैंकर्स संघ र युएसएडबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । नेपाल बैंकर्स संघ (एनबिए) तथा युएसएड ट्रेड एण्ड कम्पिटिभेनसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा संघका अध्यक्ष सुनिल केसी र युएसएड ट्रेडका पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गर्नुभएको हो ।

ADVERTISEMENT

सम्झौताअनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयमा संवाद सञ्चालनका साथै नीतिगत मुद्दा र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालासँग छलफल गरी उनीहरूको क्षमता अभिवृद्धि तथा अध्ययन अनुसन्धानमा जोड दिनेछन् । सहकार्यले साना तथा मझौला उद्यमी र विशेषगरी पिछडिएको वर्गलाई वित्तीय समावेशितामा सहभागी गराउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज