काठमाडौं । नेपाल बिमक संघले सरकारले कृषि बिमाबापतको रकम नदिएको भन्दै कृषिसम्बन्धी बिमा लेख बन्द गरेकोमा सरकारको आग्रहमा पुनः सुचारु गर्ने भएको छ । सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बिमा शुल्कमा क्रमशः अनुदान दिँदै आएकोमा २०७७ सालदेखि कृषि बिमाको अनुदान करिब तीन अर्ब बाँकी रहेकोमा बिमकहरूले रकमका लागि पटक-पटक पहल गर्दासमेत विभिन्न बहानामा अनुदान रोकिएको भन्दै संघले जेठ ७ गतेदेखि कृषिसम्बन्धी बिमा लेख जारी गर्न बन्द गरेको थियो ।
तर, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिमकहरूलाई केही आंंशिक रकम उपलब्ध गराई जेठ ३० गते कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवको संयुक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिबद्घता जनाएको र बिमा लेख जारी गर्न आग्रह भएकाले असारसम्मका लागि संघले बिमा लेख जारी गर्ने कार्य सुचारु गर्ने निर्णय गरेको जनाएको छ ।
उक्त समयभित्र अनुदान रकम प्राप्त नभएमा पुनः बिमा लेख बन्द गरिनेसमेत संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा नेपाल बिमा प्राधिकरणलाई कृषि बिमाबापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरिदिनसमेत संघका महासचिव अशोककुमार खड्काले आग्रह गर्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements