बारामा ‘पँवरिआ नाच’ संगोष्ठी

Read Time = 3 mins

बारा । लोपोन्मुख अबस्थामा रहेको ‘पँवरिआ नाच’को संरक्षणको लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागले बारा जिल्लाको आदर्श कोतवाल गाउपालिकामा ‘पँवरिआ नाच’ सङगोष्ठि कार्यक्रम २०८०’ आयोजना गरेको छ ।

प्रज्ञा परिषद् सदस्य एवं नृत्य विभाग प्रमुख प्राज्ञ बखत हमालको सभापतित्वमा सम्पन्न सो संगोष्ठी कार्यक्रममा स्थानीय कलाकारहरूले पँवरिआ नृत्य प्रस्तुत गरेका थिए । सो नृत्य हेर्न स्थानीयहरूको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले सो नृत्यबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले सो कार्यपत्रमा पँवरिआ नृत्यको उत्पत्ति, विकास क्रम, अहिलेको अवस्थाबारे उल्लेख गर्नुभएको थियो । उहाँको कार्यपत्रमा भाषा आयोगका सदस्य गोपाल अस्क र प्राज्ञ विनित ठाकुरलगायतले टिप्पणी गर्नुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै भाषा आयोग सदस्य मातृका पोखरेलले यस्तो लोपोन्मुख नृत्य तथा कला संस्कृतिलाई जोगाउन यस्ता कार्यक्रमलाई देशभरी पुर्‍याउन सुझाब दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य बखतबहादुर हमाल (सुवर्ण)ले मधेस प्रदेश र तराईमा बसोवास गर्ने मुस्लिम समुदायभित्रको पँवरिआ जाति विशेषको यो नृत्य जीवन यापनसँग जोडेर लैजान कठिनाई भएकाले यो लोपोन्मुख अवस्थामा रहेको बताउनुभयो । यसको खोज, अनुसन्धान, संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले आफूहरूले आदर्श कोतवाल गाउँपालिकामा यो कार्यक्रम गरेको पनि हमालले प्रकाश पार्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानको तर्फबाट कर्मचारी संघका अध्यक्ष हिलारी बन्धु भुजेलले स्वागत मन्त्यव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । स्थानीय कलाकारले पँवरिआ नृत्य पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेकाले यसलाई संरक्षण गर्नका लागि आयोजकसँग अपिल गर्नुभयो । कार्यक्रममा बोल्दै अतिथिहरूले नेपाली लोक तथा मौलिक नृत्यको थप खोज र अनुसन्धानगरी पुस्तान्तरण गर्ने अभिलेखिकरण गर्नुपर्नेमा भनाइ राख्नुभयो । कार्यक्रमको सहजीकरण जयप्रकाश लाल दासले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?