इसेवा मनि र लुलु मनिबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनिबाट पनि सुरु भएको छ । स्थापनाको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा फड्को मारेको इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिएको छ । सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनिका लुलु फाइनान्सियल होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत रिचर्ड एम वासनले हस्ताक्षर गर्नुभएको छ ।

इसेवा मनि ट्रान्सफर र लुलु मनिबीचको साझेदारीले रेमिट्यान्स सेवामा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका नेपालीले लुलु मनिको शाखामा गई वा वेबसाइट र मोबाइल एप प्रयोग गरेर नेपालमा इसेवा मनि ट्रान्सफरमार्फत् रेमिट्यान्स पठाउन सक्नेछन् ।

ADVERTISEMENT

लुलु मनिबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्सफरका १३ हजार आठ सयभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाका साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ । पठाएको नगद सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनससमेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?