औंला ठड्याएर मात्र पार्टीमा परिवर्तन र रुपान्तरण सम्भव छैन : कार्यवाहक सभापति खड्का

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उहाँले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो ।

उहाँले आफ्ना कमजोरी र गल्तीहरु सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव भएको बताउनु भयो । उहाँले पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरुको रहेको बताउनु भयो । उहाँले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तिब्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने बताउनु भयो । उहाँले पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उल्लेख गर्नुभयो । कार्यवाहक सभापति खड्काले पार्टीमा पनि समयसापेक्ष बदलाव आउने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘मेरा कमजोरी र गल्तीहरुलाई सच्याएर, स्वीकारेर म रुपान्तरणका लागि तयार हुने की नहुने ? म रुपान्तरण हुन तयार हुने हो । व्यवहारतः जीवनशैलीमा निर्णय शैलीमा, काम गर्ने शैलीमा । सबै शैलीमा म रुपान्तरण हुन तयार हुने हो, सच्याएर रुपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् रुपान्तरणको प्रक्रिया शुरु हुन्छ, चाहे पार्टीको होस्, रुपान्तरणको प्रक्रिया शुरु हुन्छ । पार्टी पनि निर्जीव छ, सरकार पनि निर्जीव छ, त्यसलाई जीवित बनाउने भनेको पार्टीमा नेतृत्व लिने केन्द्रदेखि वडा टोलसम्मका नेताहरुको निर्णय प्रक्रिया, काम गर्ने प्रक्रिया जीवनशैली, प्रक्रियाशैली सबै कुरामा निर्भर रहन्छ भने देशको पनि मुलुकको प्रधानमन्त्री लगायत मन्त्रीहरु, शासनमा रहेका जिम्मेवारी बोकेका सबैको भुमिका कर्तव्यबाट यी कुराहरु निक्र्यौल हुने भएकाले हामी सबैले मम भन्दै मुलुकको अहिलेको परिस्थिति, पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर, सपारेर त्यसलाई अत्यन्त तिब्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिन्छ, औंला ठड्याएर होइन, आफूलाई औंला ठड्याएर, यो सुधार परिमार्जन, पुनः निर्माण, रुपान्तरण बदल्ने सबै कुरालाई आफूलाई पहिला सबैकुरालाई प्रकट गर्छु भन्ने इमानको संकल्प, निष्ठाको संकल्पसहित समर्पित गर्ने बेला आएको छ । त्यसैबाट मात्रै मुलुकमा आएको निराशा, मुलुकमा देखिएको अविश्वास,अहिलेको परिवर्तनलाई हल्लाउन खोज्ने सबैकुरालाई ठेगान लगाएर जुन हामीमा रुपान्तरणको आवश्यकता छ । हाम्रो पार्टीमा पनि समयसापेक्ष बदलाव आउँछ ।’

उपप्रधानमन्त्री खड्काले नयाँ संकलबाट सबै एकतावद्ध हुन र छलफलबाट सबै समाधान निकाल्न आवश्यक रहेको भन्दै एकले अर्काको दोष र गल्ती कोट्याएर स्थायी समाधान हुन नसक्ने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?