लस एन्जलस । ट्विटरले स्मार्ट टिभीहरूको लागि ट्विटर भिडियो एप सुरू गर्ने भएको छ ।
ट्विटरका मालिक एलन मस्कले स्वयंले भनेका छन् ‘यो आउँदैछ।’
ट्विटर भिडियो एपको आवश्यकता रहेको भन्दै एक प्रयोगकर्ताले दिएको सुझावको जवाफ दिदै मस्कले भनेका छन, ‘यो आउँदैछ ।’
ट्विटरमा एसएम रोबिन्सन नामका एक प्रयोगकर्ताले भने, ‘हामीलाई स्मार्ट टिभीका लागि ट्विटर भिडियो एप चाहिन्छ किनभनै मैले ट्विटरमा एक घण्टा लामो भिडियो हेर्न पाईरहेको छैन् ।’
जसमा मस्कले जवाफ दिएका हुन्, ‘यो आउँदैछ।’
मस्कको प्रतिक्रिया पछि ती प्रयोगकर्ताले ट्वीट गरे, ‘यो सराहनीय छ। म अब यु–टयुबमा सब्सक्राइब गर्ने छैन, त्यो म अब रद्ध गर्नेछु र त्यसलाई फेरि कहिल्यै हेर्ने छैन।’
ट्विटरले नयाँ अपडेट पनि ल्याएको छ, जहाँ यसले आफ्ना ब्लु टिक सदस्यहरूलाई २ घण्टा लामो भिडियोहरू अपलोड गर्न अनुमति दिएको छ ।
उनले ट्विट गर्दै मस्कले भनेका छन, ‘ट्विटरका प्रमाणित सदस्यहरूले अब २ घण्टाको भिडियो (८ जीबी) अपलोड गर्न सक्नेछन्।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts