लक्ष्मी र सनराइज बैंक मर्जर प्रस्ताव पारित

Read Time = 1 min

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको आइतबार सम्पन्न विशेष साधारणसभाले लक्ष्मी बैंक र सनराइज बैंकबीच १ः१ को सेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदनका साथै मर्जरपछि वृद्धि हुने सेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचनाबमोजिम बैंकको प्रबन्ध पत्र र नियमावली संशोधन प्रस्तावसमेत पारित गरेको छ ।

ADVERTISEMENT

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार सुरु गर्ने बैंकको लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज