काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शनिबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधाबाट बन्चित रहेको जानकारी दिनुभएकाे छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले बाढीपहिरोका कारण सडक र पुलमा भएका क्षतिका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधानबाट बन्चित हुन पुगेको जानकारी दिनुभयाे ।
बाढीपहिरोले हेवा खोलाको पुल र तमोर करिडोरको बेलिब्रिज भत्काएसँगै ताप्लेजुङ यातायात सेवाबाट बन्चित भएको जानकारी दिदै उहाँले मेची राजमार्गको हेवा खोलाको करिब ४६ मिटर पुल बगाउँदा सो राजमार्ग अवरुद्ध हुन पुगेको बताउनुभयाे ।
यीसहित विभिन्न स्थानको बाटो र पुल भत्किँदा ५० करोड बराबरको क्षति भएको र १० दिनभित्र सक्ने गरी बेलिब्रिज निर्माणकोको काम थालिएको उहाँले बताउनुभयाे ।
साथै सडक, पुल निर्माण र अवरुद्ध सडक खुलाउने निर्देशन दिइएको उहाँले बताउनुभयाे ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा