काठमाडौं । रास्वपा सांसद डोलप्रसाद अर्यालले भारतीय टोली कन्चनपुर प्रवेश गरेर हाइवेको सर्भे गर्दा सुरक्षाकर्मीले जानकारी नै नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएकाे छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्राविधिक टोली नेपाल प्रवेश गरेर भूमि नापजाँच गर्दा पनि सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाउनु भएकाे हाे ।
१ असारमा भारतीय प्राविधिक टोलीले इन्डियन नेशनल हाइवे सर्भे गर्ने भन्दै कन्चनपुरको भुजेला, गड्डाचौकीदेखि सुकशलासम्मको भू-भाग नापजाँच गरेको भन्दै उहाँले यसबारे गृहमन्त्रीको जवाफ माग्नुभएकाे छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच