हाइड्रोपावर कम्पनीहरूमा आइपीओ बहार

Read Time = 1 min

काठमाडौ । नेपाल धितोपत्र बोर्डले गत र चालु आर्थिक वर्षको यस अवधिसम्ममा कुल ४२ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ । गत वर्ष १९ र चालु आर्थिक वर्षमा यसले २३ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।

अहिलेसम्म आइपीओ निष्कासन गर्न अनुमति पाएका यस्ता कम्पनीहरुमध्ये आधाभन्दा धेरैले यही २ आर्थिक वर्षमा स्वीकृति प्राप्त गरेको देखिन्छ । चालु आर्थिक वर्ष सकिन अझै १ महिना बाँकी छ । र, बोर्डबाट आइपीओ बिक्री गर्न अनुमति कुरेर बसेका हाइड्रोपावर कम्पनी पनि धेरै छन् । तसर्थ, यो संख्या अझै बढ्ने संभावना उत्तिकै रहन्छ ।

ADVERTISEMENT

पछिल्लो समय साधारण सेयर जारी गर्ने हाइड्रोपावर कम्पनीको संख्या ह्वात्तै बढेको छ । उनीहरुले पुँजी जुटाउनलाई आइपीओ निष्कासन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज