काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न ठाउँमा बाढी, पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, उद्धार र राहतमा जुट्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित दिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
केही दिनदेखिको वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभामा व्यापक असर गरेको छ। बाढी, पहिरोमा अहिलेसम्म २६ जना बेपत्ता छन्।
एक जनाको शव फेला परिसकेको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts