काठमाडौं । एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान गरेको छ । बाल अस्पताल भवन निर्माण कार्यका लागि बैंकले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
बाल स्वास्थ्यका क्षेत्रमा बहु विशिष्टीकृत अस्पताल सञ्चालन गर्न, तालिम तथा दक्ष जनशक्ति तयार गरी गुणस्तर वृद्धि र नियमनका विधि र प्रक्रियाको विकास तथा नीति निर्धारणलगायतका कार्य गर्ने गरी सबै प्रादेशिक बाल अस्पतालका लागि स्रोत केन्द्रका रूपमा केन्द्रीय बाल अस्पताल सञ्चालनार्थ चाइल्ड हेल्थ स्थापना भएको हो ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्राडा भगवान् कोइरालालाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts