नवलपरासी । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले व्यवसायीलाई मलम लगाउन नसकेको बताउनु भयो ।
नवलपरासी चेम्वर अफ कमर्सकाे प्रथम साधारण सभा तथा अधिवेसन समुद्घाटन समाराेहलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।
सरकारले बजेट मार्फत् व्यवसायी उद्योगीहरुलाई राहत दिने अपेक्षा गरेको बताउदै मल्लले भन्नू भयो - 'राज्यले मलम लगाउन सकेन । बरु जवर्जस्ती कर बढायो । स्थानीय स्तरमा थ्री पी मा आधारित रहेको लगानी मैत्री वातावरण सृजना गर्नु पर्ने आजको अवाश्यकता रहेको छ । स्थानीय तहमा पब्लिक, प्राइभेट र पार्टनर सीपका माध्यमबाट लगानी गर्न सकिने छ ।' बैकले सानालाई ऐन र ठुलालाई चैन बनाएको भन्दै उहाँले बैंकले कर्जा दिँदा सम्बन्धका आधारमा बेस रेटमा शुन्य दशमलव ५ प्रतिसत प्रीमियम लिने र सम्बन्ध नभएका व्यवसायीहरुलाई ५ प्रतिसत लिने गरेको बताउनु भयो ।
रुपन्देही र नवलपरासीलाई व्यापारी हवको रुपमा बिकास गर्न सकिने जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले बताउनु भयो । उहाँले खुल्ला सिमानाका कारण जिल्लाका व्यवसायीलाई मर्का परेको भन्दै लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक प्रसाद पोखरेलले निजि क्षेत्रका एजेन्डालाई मुखाकृत गर्नु पर्ने आजको आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नूभयाे - 'नेपालको राजनीति थितिमा नभएका कारण व्यवसायीहरुले दुख पाइरहनु परेको छ ।' उद्योगी र व्यवसायीहरुलाई राज्यले सरक्षण गर्न सक्नु पर्ने बताउदै उहाँले लगानी मैत्री वातावरण बनाउन सके रोजगारीको सृजना गर्ने र नयाँ लगानी भित्र्याउन सकिने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश खानेपानी महासंघका अध्यक्ष थान प्रसाद गैरे, बर्दघाट उधोग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट नवलपरासी पालिकाका निवर्तमान नगर प्रमुख धिरज शर्मा बस्याल, नेपाल पत्रकार महासङ नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपानेलगायतले बोल्नु भएको थियाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts