एमजी मोटर्सको सोरुम कुसुन्तीमा

Read Time = 2 mins

काठमाडौं । प्यारामाउण्ट मोटर्स प्रालिले ललितपुरको कुसुन्तीमा एमजी मोटर्सको सर्भिस सेन्टर स्थापना गरेको छ । सर्भिस सेन्टर छ रोपनीमा फैलिएको छ । एमजीको नेपालस्थित आधिकारिक आयातकर्ता तथा वितरक प्यारामाउण्ट मोटर्सले नेपाली ग्राहकको बढ्दो आवश्यकता सम्बोधन गर्न सर्भिस सेन्टरको स्थापना गरिएको जनाएको छ । गाडी बिक्रीपछि सर्वोत्कृष्ट सेवा प्रदान गर्दै उच्चतम् अनुभव सुनिश्चित गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

सो अवसरमा प्यारामाउण्ट मोटर्सका प्रमुख कार्यकारी अधिकृत सचिन अर्यालले उच्चस्तरीय मर्मत तथा वारेन्टी प्रदान गर्न र ग्राहकलाई व्यापक, सहज तथा प्रभावकारी आफटर सेल्स सेवा प्रदान गर्न यस सर्भिस सेन्टर डिजाइन गरिएको बताउनुभयो । सर्भिस सेन्टरमा आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिमा प्रशिक्षित उच्च दक्ष प्राविधिकको टोली रहेको उहाँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

सर्भिस सेन्टरमा ११ बे, हाई इभी डाइग्नोसिस दुल, एकपटकमा तीन कार वासको सुविधा, हाइब्रिड एसी रिकभरी, उच्चतम् प्रविधियुक्त पेन्ट बुथ, क्यारोलिनर कोलिजन रिपेर, फलुकद्वारा निर्मित आइसोलेटेड टेस्टिङ टुललगायत डिसी चार्जर र एसी चार्जर रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज