काठमाडौं । मानुषी लघुवित्तको चौथो वार्षिक साधारणसभा बिहीबार संस्थाकी अध्यक्ष पद्मासना शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ । सो अवसरमा संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले संस्थाको समग्र अवस्थाबारे जानकारी गराउनुभयो भने सञ्चालक समितितर्फबाट अध्यक्ष शाक्यले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
आव २०७८/०७९ मा संस्थाको सबै वित्तीय सूचांक उत्साहप्रद रहेको बताइएको छ । सोही आवमा सेयर जारी गरी संस्थाले चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार पु¥याएको छ भने एक करोड ७२ लाख ३७ हजार एक सय रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।






