युवाशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ : ढुंगेल

गीता अधिकारी
गीता अधिकारी
Read Time = 10 mins

विदेशमा श्रमदान गर्नुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताका युवा उद्यमी देवराज ढुंगेल सोफियस पोल्ट्री फर्र्मका सञ्चालक हुनुहुन्छ । चाँगुनारायण-२, भक्तपुरमा सोफियस पोल्ट्री फर्ममा उहाँले सात रोपनी जमिनमा गाजर, मुला, स्ट्रोबरी, बन्दा, काउली, गोलभेंडालगायत तरकारीजन्य खेती गर्दै आइरहनुभएको छ । विदेश पलायन भएका युवाशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकेमा तरकारी र फलफूलका लागि बाहिरिने अर्बौं रुपैयाँ देशमै सञ्तित हुँदा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने उहाँको धारणा छ । दुःख, सुख जेजस्तो परिस्थितिमा पनि कृषि कर्ममा निरन्तर लाग्ने सोच बोक्नुभएका युवा उद्यमी देवराज ढुंगेलसँग हिमालयन टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशं:-

कृषि पेशामा यहाँको आकर्षण कसरी भयो ?
सधैं परनिर्भर हुनु अरूको भरमा मात्र पर्नु, सधैं अरूको मुख ताक्नुभन्दा मिहिनेत र पसिना आफ्नै माटोमा, आफ्नै भूमिमा लगायो भने के हुन्न । केही हदसम्म विदेश पलायन युवा शक्तिलाई रोक्न सकिन्छ कि भन्ने हाम्रो कृषि प्रधान देशमा उदाहरणीय युवा बन्न सकिन्छ । जहाँ इच्छा त्यहाँ उपाए भनेझै आफ्नो परिवारसँगै बसेर स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन कृषि पेशामा लागेको हुँ । कृषिलाई आधुनिकीकरण र निर्वाहमुखीबाट व्यवसायीकरण गर्दै बेरोजगार युवाहरू विदेशिनु नपरोस् भनेर लागेको हूँ ।

साना र निर्वाहमुखी किसानको पेशालाई व्यवसायीकरण गर्न नसक्नुमा दोषी को ?
यो राष्ट्रको, यो देशको मुख्यतया स्थिर सरकार नहुनु, जनताको गुनासो राष्ट्रले नसुन्नु, किसानका पीरमर्का सम्बोधन नहुनु, नातावाद र कृपावादले राजनीतिक उथलपुथल भइरहनु, सधैं अरूकै मुख ताक्न खोज्नु, कृषि प्रधान देश तर पुरानै शैलीको खेती, जनचेतनाको कमी, उचित मूल्यांकन हुन नसक्नुमा स्थानीयदेखि सरकारसम्म सबै दोषी हुन् ।

कृषिजन्य वस्तुको आयात वृद्धि भइरहनु नेपालमा उत्पादन गर्न नसकेर हो ?
उत्पादन गर्न नसकेर होइन, उत्पादन नै कम भएर हो । टमाटर, खुर्सानी, लसुन, प्याज, काँक्रो, गाजर, मुला, काउली, सिमी–बोडी आदि नेपालमा उत्पादित छन् तर उत्पादन वस्तुको लागत धेरै छ । उचित मूल्य पाउँदैनन् किसानले । उत्पादन गरेको मूल्यभान्द लागत धेरै हुँदा तरकारीको मूल्य बढी हुन्छ । तर, बाहिरबाट आउने तरकारी कम लागतमा धेरै उत्पादन हुन्छ । बजारमा कम मूल्यमा पाइन्छ । त्यसैले आयात बेसी हुन्छ । यसको मतलब बजारमा प्रतिस्पर्धा गर्न नसकेर हो । उत्पादन गर्न नसकेको भने होइन । कम उत्पादन हुँदा लागत खर्च बेसी हुँदा मूल्य बढ्छ, मूल्य बढ्दा बजारमा सस्तो मूल्यमा सामान पाइन्छ जुन बाहिरबाट आयातीत भएका हुन् । बजारमा कम लागतको बाहृय उत्पादन आइदिँदा किसान छायांमा परेका छन् । आधुनिक स्रोतसाधन, मल, बिउबिजन प्रविधि हामीकहाँ कम छ । समयमै व्यवस्थापन गर्न सकिँदैन । लागत बढ्ने उत्पादित वस्तु भएकाले नेपालमा आयात बढेको हो । साथै सरकारले उचित अनुगमन मूल्यांकन गर्न नसक्दा सरकारले किसानको बारेमा नीति तथा कार्यक्रम किसानमुखी नबनाउँँदा यस्तो भएको हो ।

बेरोजगार र विदेश पलायन युवाका लागि स्वदेशमै लगानीको सुरक्षा सरकारले लिनुपर्छ । उचित बजार व्यवस्था, मूल्य निर्धारणको प्रवद्र्धन मिलाई युवा वर्गलाई कृषिप्रतिको मोह जगाउनुपर्छ ।

तरकारी खेतीबाट कसरी लाभ लिन सकिन्छ ?
तरकारीजन्य वस्तु दैनिक जीवनमा उपयोग गरिरहनुपर्ने भएकाले आधुनिक कृषि खेती, कौशी खेती, करेसाबारी अनि बाँझो जमिनलाई खनजोत गरी तरकारी लगाउँदा राम्रो उत्पादन गर्न सके बजारमा बेचेर आम्दानी गर्न सकिन्छ । यसका लागि उचित प्रविधि, तालिम शिक्षा र बजारको व्यवस्थापन सुरक्षित गलानी सरकारको जिम्बेवार शैली भएमा लाभ लिन सकिन्छ ।

ADVERTISEMENT

भारतबाट भित्रिएको फलफूल, तरकारीभन्दा नेपालमा उत्पादित किन महँगो हुन्छ ?
नेपालको तरकारी महँगो हुनुको मुख्य कारण उत्पादन लागत बढी हुनु हो । उत्पादन कम लगानी धेरै हुने बित्तिकै महँगोमा बेच्नुपर्छ । त्यसैले किसान मारमा परेका हुन् । कृषिमा आधुनिकीकरणको खाँचो छ । कृषि औजार प्राविधिक ज्ञानको कमी, खेती योग्य जमिन प्लटिङ गर्नाले सीमित जमिनमा उत्पादन पनि थोरै हुने र भारतबाट आएको तरकारी, फलफूलको मूल्यमा कम हुनुमा थोरै लगानीमा धेरै उत्पादन । जस्तै भारतबाट आयातित टमाटर प्रतिकेजी ४० हुँदा नेपालमा उत्पादित टमाटर प्रतिकेजी ५० रुपैयाँ हुन्छ । यो हुनुभनेको थोरै कम लगानीमा धेरै उत्पादन गर्न सक्नु हो । हाम्रो त्यस्तो हुन सक्दैन त्यही कारण महँगो पर्छ ।

सरकारले कृषिमा ठूलो लगानी गरिरहेको छ, तपाईंले पनि अनुदानस्वरूप आर्थिक सहयोग पाउनुभएको छ ?
हो, सुन्नमा चाहिँ सरकारले कृषिमा ठूलो लगानी गरिरहेको छ । तर कृषकको नाममा आउने अनुदान पहुँचवाला, नातावाद, कृपावाद राजनीतिक खिचातानीले गर्दा कमैमात्र किसानले पाएका छन् । पाइन्छ त भन्छन् तर अहिलेसम्म पाएको छैन । अनुदान दिनु राम्रो कुरा हो, कमजोर किसानका लागि राहत मिल्छ । यसमा सरकारले अनुगमन गर्नुपर्छ किन कि वास्तविक किसानले अनुदान पाए कि पाएनन् भनेर ।

समयमा मलबिजन नपाउने झण्झटभन्दा अर्गानिक खेती गर्दा हुन्न ?
अर्गानिक खेती सबैका लागि राम्रो हो । खेती गर्दा हुन्छ, तर मागनुसार उत्पादन थोरै हुने अनि महँगो पर्ने भएकाले उपभोक्तालाई मागनुसार पु¥याउन सहज हुन्न । किन भने अर्गानिक खेती स्वस्थ्यका लागि राम्रो हो ।

युवा जमातलाई कृषि व्यवसायप्रति आकर्षित गर्न के गर्नुपर्ला ?
युवा उद्यमी ऋण, सरकारले लगानी गरिदिने, कृषि गर्ने युवालाई प्रोत्साहन गर्न विभिन्न तालिम, गोष्ठी र जनचेतनामूलक कार्यक्रम गर्ने । विभिन्न पुरस्कारको व्यवस्था गर्ने, युवालाई कृषि व्यवसायप्रति आकर्षण गर्न स्वदेश तथा विदेशमा हुने कृषि कार्यक्रममा सहभागी गराई त्यहाँको आधुनिक कृषि खेतीलाई भित्र्याउन सरकारले पहल गर्नुपर्छ । बेरोजगार र विदेश पलायन युवाका लागि स्वदेशमै लगानीको सुरक्षा सरकारले लिनुपर्छ । उचित बजार व्यवस्था, मूल्य निर्धारणको प्रवद्र्धन मिलाई युवा वर्गलाई कृषिप्रतिको मोह जगाउनुपर्छ ।

यो पेशाबाट सन्तुष्ट हुनुहुन्छ ?
यो कृषि पेशामा बेरोजगारी युवालाई रोजगारीको प्रोत्साहनस्वरूप सञ्चालन गर्न पाउँदा खुशी लाग्छ । तर उचित किसानको मर्म भावना नबुझ्दा अनि प्रोत्साहित कृषि कार्यक्रम नहुँदा चाहिँ यो देशको नीति कार्यक्रम पारदर्शी नहुँदा सोचेजस्तो सन्तुष्टि छैन । म मेरो पेशाप्रति भने सन्तुष्ट छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *