आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौ । बिहीबार सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो ।

त्यस्तै, तेजावी सुन यसअघि प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार हुनेछ ।

ADVERTISEMENT

यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेको महासङ्घले जनाएको छ । बुधबार प्रतितोला १ हजार ४२५ रुपैयाँ पर्ने चाँदीलाई बिहीबार १ हजार ४०५ रुपैयाँ मात्रै पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज