ट्रेड युनियन कांग्रेस बागमतीमा भट्टराई

Read Time = 2 mins

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश समितिको अध्यक्षमा गणेश भट्टराई निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षका प्रतिस्पर्धी लिलानाथ चौलागाईंलाई पराजित गर्दै भट्टराई निर्वाचित हुनुभएको हो । चार सय नौ मतमध्ये भट्टराईले एक सय ९२ र चौलागाईंले एक सय ८१ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा ओमप्रसाद शर्मा अधिकारी, कुमारप्रसाद पौडेल, महिला उपाध्यक्षमा तारा केसी(शीला), उपाध्यक्ष(सेवा) तुलसी अधिकारी, उपाध्यक्ष(उत्पादन) निमा लामा, उपाध्यक्ष (अनौपचारिक) ख्यामराज सुवेदी रहनुभएको छ । त्यस्तै, सचिव विश्वहरि घिमिरे, सहसचिव रमेश घिमिरे, महिला सहसचिव तारा भण्डारी, सहसचिव(सेवा) ऋषिराम गिरी, सहसचिव(उत्पादन) उदयबहादुर लामा, सहसचिव(अनौपचारिक) अनिलकुमार झा, कोषाध्यक्ष रमेश खनाल, सहकोषाध्यक्ष निर्मला दुलाल आचार्य, महिला समिति अध्यक्ष अनु शर्मा र युवा समिति अध्यक्ष राजु परियार निर्वाचित हुनुभएको छ ।

ADVERTISEMENT

ट्रेड युनियन कांग्रेसको केन्द्रीय महाधिवेशन असार ४ देखि ६ गतेसम्म काठमाडांैमा हुँदैछ । नेपाली कांग्रेसका सबै भ्रातृ एवं शुभेच्छुक संस्थामध्ये विधानअनुसार बैठक, विभिन्न गतिविधि, प्रत्येक वर्ष परिषद्, सम्मेलन र चार–चार वर्षमा महाधिवेशन गर्ने ट्रेड युनियन कांग्रेसमात्र एक्लो शुभेच्छुक संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज