प्रभु र लक्ष्मी कन्टिनेन्टलबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक इन्द्र सापकोटाले हस्ताक्षर गर्नुभएको हो ।

ADVERTISEMENT

सम्झौताअनुसार लक्ष्मी कन्टिनेन्टलबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजतासाथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा प्राप्त गर्न सकिनेछ । सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुनेमा बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज