काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले एकैपटक छ आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । साबिकको राष्ट्रिय बिमा संस्थानको तीन वर्ष र राष्ट्रिय बिमा कम्पनीको तीन वर्षको गरी छ आर्थिक वर्षको साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको हो ।
राष्ट्रिय बिमा कम्पनी निर्जीवन बिमा विभागले ३१औँ वार्षिक साधारणसभा र राष्ट्रिय बिमा कम्पनीको प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले साबिकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८/०६९, आर्थिक वर्ष २०६९/०७० र आर्थिक वर्ष २०७०/०७१ सम्म गरी तीन वर्ष र राष्ट्रिय बिमा कम्पनीको आर्थिक वर्ष २०७०/०७१, आर्थिक वर्ष २०७१/०७२ र आर्थिक वर्ष २०७२/०७३ सम्म गरी तीन वर्षको वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभाले रिक्त सञ्चालक समितिमा रविकुमार टिवडेवाललाई निर्विरोध निर्वाचित गरेको छ । धितोपत्र दोस्रो बजारमा राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै रहेको छ । सरकारी स्वामित्वको निर्जीवन बिमा व्यवसाय गर्ने उक्त कम्पनीको धितोपत्र दोस्रो बजारमा १२ हजार सात सय रुपैया सेयर मूल्य रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements