काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।
जनयुद्धको समयमा बालसैनिक प्रयोग गरिएकाले उच्च नेतृत्वलाई कारबाही हुनुपर्ने मागसहित पूर्वबालसैनिक लेनिन विष्टले सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त रिटमा विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो ।
तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेतृत्वमाथि बाल सैनिकको प्रयोगसम्बन्धी यसअघि दायर हुन पुगेको रिटलाई दरपीठ गरेपछि रिट दर्ता गर्न सर्वोच्च अदालतले शुक्रबार सर्वोच्च अदालत प्रशासनको नाममा आदेश दिएको थियो । सोही रिटको सुनुवाइ गर्दै बुधबार कारण देखाऊ आदेश जारी भएको हो ।
पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बालसैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएकाले तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुग्नुभएको थियो । तर, सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुग्नुभएको थियो । विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा.बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बालसैनिक प्रयोग गरिएको भन्दै कारबाहीको माग गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts