आनको ३३ औँ वार्षिकोत्सव

aan blood
Read Time = 1 min

काठमाडौं । सिर्जनशील र मर्यादित विज्ञापन बजार, उद्योग व्यवसायको दरिलो आधार भन्ने नाराका साथ नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३३औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभातफेरीसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम मनाएको हो ।

शान्तिनगरबाट सुरु भएको प्रभातफेरी शहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा आई कोणसभामा परिणत भएको थियो ।

ADVERTISEMENT

सो अवसरमा आनका अध्यक्ष सोमप्रसाद धितालले सिर्जनशील र मर्यादित विज्ञापन बजारले नै सम्पूूर्ण सञ्चारमाध्यम, विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकुमार श्रेष्ठ र कार्यक्रम संयोजक कृष्णमुरारी लामिछाने, वरिष्ठ कलाकार, पत्रकार, विज्ञापनदाता र विज्ञापनकर्मीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज