काठमाडौं । ज्योति क्यापिटलको सोमबार कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा बसेको सञ्चालक समितिको ३०औँ बैठकले रिक्त सञ्चालकमा अविनाश उप्रेतीलाई नियुक्त गरेको छ । उहाँ ज्योति विकास बैंकबाहेकका अन्य संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त हुनुभएको हो ।
स्नातकोत्तर तह (एमबिए) का साथै कर्जा विश्लेषक उप्रेतीको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा कम्पनीको व्यवसाय विस्तार एवं कम्पनीबाट प्रदान गरिने सेवा सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेमा कम्पनी विश्वस्त रहेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विकास ढकालका अनुसार ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ भने हालसम्म सरकारलाई ३६ लाख ७५ हजार कर दाखिला गरिसकेको छ ।






