रेसुङ्‍गा विमानस्थलबाट हप्तामा दुई दिन उडान हुने

रमेश विश्वकर्मा गुल्मी, संवाददाता

फाइल तस्बिर

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । यात्रुको निकै चाप बढेसंगै गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट हप्तामा दुई दिन उडान हुने भएको छ । हप्तामा एक दिन (शुक्रबार) विमानस्थलबाट उडान गर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले बुधबार पनि उडान गर्ने भएको हो ।

यात्रुहरुको अत्यधिक चाप बढेसंगै नेपाल वायुसेवा निगमले यस विमानस्थलबाट हप्तामा दुई पटक उडान गर्ने भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । यात्रुको चापलाई मध्यनजर गर्दै आफुले पटक-पटक नेपाल वायुसेवा निगमसँग पहल गर्दै आएकोले एक दिन थप गरेर बुधबार उडान हुने भएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलका लागि बिहान ६ः३० बजे जहाज उडान हुने र बिहान ७ः४५ बजे रेसुङ्‍गा विमानस्थलबाट काठमाडौं फर्किने समय तालिका रहेको छ । रेसुङ्‍गा विमानस्थलबाट काठमाडौंसम्मको भाडा प्रतिव्यक्ति छ हजार तीन सय रुपियाँ र काठमाडौंबाट रेसुङ्‍गा विमानस्थलसम्मको भाडा छ हजार पाँच सय रुपियाँ लाग्ने निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?