मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

मुटुमा समस्या देखिएपछि पौडेललाई आज(मंगलबार) बिहान ७ काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो ।

दम र ग्याष्ट्रीकबाट पीडित पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उहाँलाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल श्रोतले जनाएको छ। यसअघि शनिबार पनि उहाँको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो ।

ADVERTISEMENT

गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

उहाँको एनजिओग्राम गरिएको छ । जसमा सुरुवाती रिपोर्ट राम्रो आएको बताइएको छ ।

एनजिओग्राम गरेपछि २४ घण्टा अब्जरभेशनमा राख्नुपर्ने भएकाले पौडेललाई बुधबार मात्रै डिस्चार्ज गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. Rastapati huna lai aba dekhi medical checkup garne niyam banaunu parxa jo fell ooo out jo medical pass ooo in

रिलेटेड न्युज

छुटाउनुभयो कि ?