सफा हिमालमा संलग्नलाई सूर्य नेपालको सम्मान

Read Time = 3 mins

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न सफा हिमाल अभियानमा संलग्न नेपाली सेनाका सदस्य, शेर्पालगायतलाई सूर्य नेपाल प्रालिले सम्मान गरेको छ । चैतमा सुरु भई यसै महिना सम्पन्न यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चेस हिमालको सफाइ कार्य भएको थियो । सूर्य नेपाल विभिन्न हिमालबाट ३५ टन फोहोर संकलन गरिएको कार्यक्रमको अन्य संस्थासँगै मुख्य साझेदार थियो ।

कम्पनीले अभियानमा प्रत्यक्ष योगदान पुर्‍याउने ५२ जनालाई विशेष सम्मान गरेको हो । कार्यक्रममा सूर्य नेपालले सफा हिमाल अभियानमा संलग्न हुँदा दिवंगत भएका दुर्ईजना शेर्पा सहयोगीका परिवारलाई एक-एक लाख नगदसहित सम्मान गरेको छ । कार्यक्रममा सफा हिमाल अभियानमा निधन भएका दुई शेर्पा सहयोगीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने सफा हिमाल अभियानका क्रममा घाइते भई उपचाररत नेपाली सेनाका चार अधिकृत र जवानको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।

ADVERTISEMENT

सो सम्मान कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणाले सफा हिमाल अभियानमा निजी क्षेत्रबाट एउटा मुख्य योगदानकर्ताका रूपमा सहयोग पुर्‍याएको भन्दै सूर्य नेपाललाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा सूर्य नेपालका प्रबन्ध निर्देशक रविकुमार रायावारमले नेपालको पहिचानका रूपमा रहेको सर्वोच्च शिखर सगरमाथालगायतका हिमाल सफा गर्ने जस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली सेनासँग सहकार्य गर्न पाएकोमा सूर्य नेपालले गौरवान्वित महसुस गरेको बताउनुभएको थियो । सूर्य नेपालका भाइस प्रेसिडेन्ट रवि केसीले कम्पनीले व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यलाई अत्यन्तै महत्व दिने गरेको र सफा हिमाल अभियानमा गरिएको सहयोग पनि त्यसैको निरन्तरता भएको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज