टिभिएसका लागि ग्रिन टायरको डेल्टा

Read Time = 2 mins

काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टिभिएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्राण्डको टायर उत्पादन गरेको छ । १००-८०-१२ ड्यास र ११०-८०-१२ ड्यास साइजको टायर उच्च गुणस्तरीय र किफायती भएको कम्पनीको दाबी छ । प्राविधिकरूपमा नेपाली सडक सुहाउँदो गरी डिजाइन गरिएको टायर सुक्खा र चिसो सडकका साथै अफरोडमा समेत सहज तरिकाले प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने बताइएको छ । ग्रिन टायरका प्रबन्धक विकास सिंघानियाले भन्नुभयो, ‘अहिले बिक्रीपछिको सेवाका लागि आवश्यक टायरका रूपमा यो टायर प्रयोग गर्न सकिन्छ । नेपाली बजारमा टिभिएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएका कारण स्कुटरको टायर उत्पादनमा ग्रिन टायरले विशेष ध्यान केन्द्रित गरेको हो ।’

ADVERTISEMENT

ग्रिन टायरले यसअघि ट्र्याक्टरका लागि शेर्पा ब्राण्डको सारथि टायरसमेत उत्पादन गरेको छ । करिब पाँच वर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्राण्डका टु हिृवलर, थ्री हिृवलर तथा एग्रिकल्चर सेगमेन्टका टायर उत्पादन गर्दै आएको छ । हाल कम्पनीले प्रतिवर्ष दुई लाख ५० हजार थान टायर उत्पादन गर्दै आएको छ भने कम्पनीमा एक सय २० जना कामदार कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?