साउनदेखि स्वचालित प्रणालीबाटै पूर्व र अन्तिम श्रम स्वीकृति वितरण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि अनलाइन स्वचालित प्रणालीबाटै पूर्व र अन्तिम श्रम स्वीकृति जारी गर्ने भएको छ । अनलाइन प्रणालीलाई परिमार्जन गर्दै पूर्व र अन्तिम श्रम स्वीकृतिसम्बन्धी सबै काम स्वचालित प्रणालीबाटै गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । म्यानपावर कम्पनीले आफ्नै कार्यालयममा बसेर कामदार पठाएको विवरण सूचना अनलाइन सिष्टममा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृतिका लागि आवेदन हुने श्रम सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

श्रम स्वीकृतिका लागि आएका आवेदनको विवरण प्रमाणीकरण र अनुगमनको काम पनि अधिकृत तहका कर्मचारीहरूले गर्ने गरी व्यवस्थासमेत गरिएको उहाँले बताउनुहुन्छ । ‘म्यानपावर कम्पनीहरूले झुटा विवरण राखेको ठहरिएमा कम्पनी खारेजीसम्मको सजाय हुनेछ । अहिलेको सिष्टम जस्तो हुँदैन । नयाँ सिष्टममा सबै नयाँ हुन्छ । यदि अनलाइन स्वचालित प्रणालीमा गलत भए तत्काल थाहा हुन्छ ।’ उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको अनलाइन स्वचालित प्रणालीमा दर्ता भएपछि के कामका लागि गएको हो । ती कामदारको सीप, कम्पनी र तलब सबै अब थाहा हुन्छ ।’

अनलाइन स्वचालित प्रणालीमा दर्ता भएको कामदार ठगिए भन्ने तत्काल कानुनी उपचार गर्न सजिलो हुनेसमेत उहाँको भनाइ छ । अनलाइन स्वचालित प्रणालीमा दर्ता भएका कामदार समस्यामा परेर म्यानपावर कम्पनी र सम्बन्धित देशको कूटनीतिक नियोगमा इमेल वा फोनमा सूचना जारी हुने वैदेशिक रोजगार विभागले जनाएको छ । स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर म्यानपावर कम्पनीहरू श्रम कार्यालय धाउन नपर्ने पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनमार्फत नै प्रदान हुन्छ भने कुनै पनि कामका लागि कार्यालयमा गएर लाइन बस्न नपर्ने विभागको भनाइ छ ।

ADVERTISEMENT

अहिले दैनिक एक हजार दुई सयभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीको खोजीमा विभिन्न देश जाने गरेको विभागको तथ्यांकमा छ । दुई वर्षअघि श्रम स्वीकृति लिँदा बायोमेट्रिक नभएकाहरूले मात्र पुनः श्रम स्वीकृति लिनका लागि श्रम कार्यालयमा उपस्थित हुनपर्छ । तर, यस्तो संख्या एकदमै न्यून हुने र बिना झण्झण्ट सेवा दिँदै आएको विभागले जनाएको छ । विभागले पछिल्लो समय अनलाइन प्रणालीबाटै रोजगारीपीडित ठगिएको र समस्या परेको उजुरी लिन प्रविधिको विकास गरिरहेको छ । विगतमा सामाजिक सञ्जाल, फोन, इमेल र अन्य सेवामार्फत वैदेशिक रोजगारपीडितको उजुरी विभागले लिने गरेको थियो ।

वैदेशिक रोजगारीका नाममा कामदारले जहाँबाट ठगिएको उजुरी गरे पनि विभागले तत्काल पीडितसँग सम्पर्क गरेर कारबाही अगाडि बढाउँदै आएको थियो । हाल रोजगारीका नाम ठगिएको भन्दै दैनिक ५० जनाभन्दा धेरै महिला र पुरुष समस्या लिएर आउने गरेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *