बेइजिङ । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले चीनको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । बेइजिङले शुक्रबार जनएअनुसार चीनले इजरायल-प्यालेस्टाइन शान्ति वार्तालाई सहजीकरण गर्न मद्धत गर्न तयार रहेको बताएपछि सो भ्रमण हुन लागेको हो ।
‘राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले जुन १३ देखि १६ सम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ’, विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले उल्लेख गर्नुभएको छ । रासस÷एएफपी ।






