घरेलु महासंघ ३४ औँ वर्षमा

Read Time = 3 mins

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ बुधबारदेखि ३४औँ वर्षमा प्रवेश गरेको छ । ३४औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेपालको आर्थिक रूपान्तरणको बाहक र समावेशी अर्थतन्त्र निर्माणको आधारस्तम्भ लघु, घरेलु तथा साना उद्योग फस्टाउन सकेमात्रै अर्थतन्त्र समृद्घ हुने सम्बद्ध उद्योगी व्यवसायीले बताए ।

नेपालमा औद्योगिक विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको भन्दै महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगीले आवश्यकता महसुस गरेर २०४७ सालमा महासंघ स्थापना गरिएको बताउनुभयो । साना उद्योगीका समस्या समाधानका लागि बहस पैरवी गर्न आगामी दिनमा महासंघले आफ्नो स्वरूप परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । निवर्तमान अध्यक्ष गिरीले भन्नुभयो, ‘अहिले सरकार केन्द्र, प्रदेश र स्थानीयस्तरमा पनि छ तर लघु, घरेलु तथा साना उद्योगीसमक्ष पुग्न सकेको छैन । त्यसैले केन्द्रदेखि प्रदेश र स्थानीय निकायमा हुनेहरू क्रियाशील बनौँ ।’

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले स्थापना हुँदा कुनै घरमा टुकी बालेर सुरुवात गरिएको महासंघ हाल सात प्रदेश, ७७ वटै जिल्ला र तीन सय ४१ पालिकामा विस्तार भएको बताउनुभयो । उद्यमीका समस्यामा सरकारसँग पुलको काम गर्दै आएको महासंघमा हाल छ लाखको हाराहारीमा रहेका लघु, घरेलु तथा साना उद्योगीलाई सरकारले मान्यता दिएर ती उद्योगीको प्रतिनिधिमूलक महासंघलाई हरेक समितिमा राखेको सिंहले बताउनुभयो ।

ADVERTISEMENT

पूर्वअध्यक्ष सुरेश प्रधानले ३३ वर्षसम्म धेरै आरोह-अवरोह पार गरेको स्मरण गर्दै स्थानीय स्रोतसाधनमा आधारित उद्योग व्यवसाय प्रवद्र्घनले मात्र राष्ट्रिय अर्थतन्त्र बलियो हुने बताउनुभयो ।

केन्द्रका साथै प्रदेशस्तर, जिल्लास्तर र पालिकास्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी महासंघको वार्षिकोत्सव मनाइएको थियो । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष वासु गिरी, पूर्वअध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेल, उपाध्यक्षहरू हरिहर थापा, महासचिव डम्बरप्रसाद रेग्मी, कोषाध्यक्ष अच्युत पाण्डेलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज