ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था नगरेसम्म बजेटमा विचौलियाको प्रवेश रोकिँदैन : प्रेम सुवाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आर्थिक विधेयक निर्माणका क्रममा करका दर फेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराइएको विषयले प्रतिनिधिसभामा प्रवेश पाएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरी, राप्रपा प्रमुख सचेतक ज्ञानेन्दबहादुर शाही, सांसदहरु स्वर्णिम वाग्ले, अमरेशकुमार सिंह र प्रेम सुवालले करका दर फेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठको सहभागिताबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गर्नुभएको छ ।

सोही क्रममा सांसद प्रेम सुवालले ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिनुपर्ने बताउनु भयो । अन्यथा बजेटमा विचौलियाको प्रवेश नरोकिने उहाँको भनाइ छ ।

ADVERTISEMENT

यसैगरी उहाँले स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने र विदेशमा सम्पत्ति लैजान नपाउने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

करमा दर हेरफेरमा श्रेष्ठको सहभािगताबारे उठेका प्रश्नको जवाफ संसदमा अर्थमन्त्री डा प्रकाशशरण महतले दिइरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *