सुनको मूल्य बढ्यो

Read Time = 1 min

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ । मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ADVERTISEMENT

सोमबार सुनको भाउ स्थिर थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ । सोमबार भाउ स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज