बंगलादेशका प्रधानमन्त्रीद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना

Read Time = 2 mins

ढाका । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले ‘लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने उद्देश्यले’ बंगलादेशी नागरिकमाथि लगाइएको हालैको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गर्नुभएको छ । ‘हामी अरूमा निर्भर हुने छैनौं । कसले हामीलाई भिसा दिँदैन वा कसले प्रतिबन्ध लगाउने भन्ने चिन्ता गर्नुको कुनै अर्थ छैन’, हसिनाको यो टिप्पणी शनिबार युनाइटेड न्यूज अफ बंगलादेशले उद्धृत गरेको छ ।

नयाँ नीतिअन्तर्गत बंगलादेशका वर्तमान र पूर्वअधिकारीहरू, सरकार समर्थक र विपक्षी राजनीतिक दलका सदस्यहरू, कानुन प्रवर्तन निकायका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाका सदस्यहरूमाथि प्रतिबन्ध लगाइएको छ । यो नीति बंगलादेशमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण राष्ट्रिय चुनावलाई समर्थन गर्न बनाइएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मे २४ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ADVERTISEMENT

प्रधानमन्त्री हसिनाले बंगलादेशमा अर्को आमचुनाव अवामी लिग सरकारअन्तर्गत हुने स्पष्ट गरिसक्नुभएको छ । अब चुनाव सन् २०२४ को प्रारम्भमा हुनेछ । हालको सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिष्ट पार्टीबाट चुनौतीको सामना गर्नुपर्ने आकलन हुँदैछ । रासस÷सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज