असोजमा फर्निचर एक्स्पो हुने

Read Time = 3 mins

काठमाडौं । आगामी असोज दोस्रो साता राजधानीको भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर एक्स्पो हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघले असोज १० देखि १४ गतेसम्म एक्स्पो गर्ने भएको हो । आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् एक्स्पोको घोषणा गर्दै एक्स्पोका लागि स्टल बुकिङ खुला गरेको छ । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रमस्थलमै ५० प्रतिशतभन्दा बढी स्टल बुकिङ भएको संघले जनाएको छ ।

संघका अध्यक्ष दिनेश अग्रवालले नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको बताउनुभयो । एक्स्पो संयोजक निकुञ्ज अग्रवालका अनुसार संघको डिल्लीबजार चारखालस्थित सचिवालयका साथै युनियन पार्कनजिकै रहेको इभेण्ट सोलुसनको कार्यालयमा सम्पर्क गरी स्टल बुकिङ गर्न सकिनेछ भने अनलाइन माध्यमबाट स्टल बुकिङ गर्न सकिनेछ । एक्स्पोमा एक सयभन्दा बढी स्टल रहने बताइएको छ । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

साथै फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक मानिसलाई साझा प्लेटफर्म प्रदान गर्ने एक्स्पोको उद्देश्य छ । नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । आयोजकका अनुसार एक्स्पोमा अवलोकनकर्तालाई आकर्षक गिफ्ट भौचरका साथै घर तथा कार्यालय सजावटका लागि विज्ञबाट सुझाव पनि उपलब्ध हुनेछ भने एक्स्पोस्थलमै वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?