नागरिकता विधेयक पारित गर्नेहरु लेन्डुपका नयाँ अवतारहरु हुन् : प्रजापति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल मजदुर किसान पार्टीको आयोजनामा नागरिकता विधेयक प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर बनाइएको भारतीय नक्साको विरोधमा आइतबार राजधानीमा जुलुश र सभा भएको छ ।

विरोध जुलुस तथा सभामा सहभागीहरुले ‘नेपाली लेन्डुपहरू मुर्दावाद, देशभक्त नेपाली एक होऔं, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा लगाएका थिए ।

सभामा पार्टी केन्द्रीय सदस्य सुनिल प्रजापतिले नागरिकता जस्तो संवेदनशील विषयलाई जथाभावी वितरण गर्नु भनेको नेपाललाई फिजीकरणको बाटोमा अगाडि बढाउनु भएको बताउनु भयो ।

ADVERTISEMENT

नागरिकता विधेयक पारित गर्ने शासक दलहरुलाई लेन्डुप दोर्जेका नयाँ अवतार भएको उहाँको कथन थियो ।

प्रमाणिकरण गरेको नागरिकता विधेयकमा अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने, नेपाली पुरुषसित विवाह गरेका महिलालाई तत्काल नेपाली नागरिकता दिने र गैरआवासीय नागरिक (एनआरएन) लाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार प्रदान गर्नेलगायत ३ वटा बुदा आपत्तिजनक र गम्भीर प्रकृतिको भएको उहाँले बताउनु भयो । यस्तो असंवैधानिक कदमको विरुद्ध देशभक्त जनताहरू एक हुनुपर्ने आवश्यकता उहाँले औंल्याउनु भयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उकेश कवां, पार्टी काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जन, पार्टी ललितपुर जिल्ला समितिका अध्यक्ष राजबीर डंगोल, पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष प्रकाश गुरुङ, पार्टी निकटको नपोल क्रान्तिकारी महिला संघ केन्द्रीय समिति सदस्य ममिता महर्जनलगायतले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित गर्न अस्वीकार भएको विधेयक प्रमाणिकरण गर्नु आफैमा वर्तमान प्रधानमन्त्री पौडेलको असंवैधानिक कदम भएको बताउनु भयो ।
सभा अघि माइतीघर र कोटेश्वर दुई ठाउँंबाट जुलुश सुरु भएको थियो । दुवै ठाउँंको जुलुश नयाँ बानेश्वरमा पुगी सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?