थाक्रेमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

Read Time = 2 mins

काठमाडौं । कलंकीस्थित शहीद मेमोरियल अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत थाक्रे गाउँपालिकामा शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । थाक्रे गाउँपालिका-९ को ज्योति माध्यमिक विद्यालय पण्डित पौवामा गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र वडा ९ का वडाध्यक्ष श्यामचन्द्र आचार्यको संयोजनमा आयोजित रक्तदान कार्यक्रममा वरिष्ठ जनरल तथा युरो सर्जन एवं शहीद मेमोरियल अस्पतालका सहायक प्रबन्ध निर्देशक जितेन्द्र श्रेष्ठले जनताको घरआँगनमै आएर बिरामीको सेवा गर्न पाउँदा गर्व लागेको बताउनुभयो ।

वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. रामकृष्ण बरालले एउटा चिकित्सकले जनताको घरदैलोमा पुगेर जनताको उपचारका साथै परामर्र्शसहित रोग र रोग रोकथामबारे जानकारी गराउँदा असल र जिम्मेवार चिकित्सकको अनुभूति भएको बताउनुभयो ।

स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. सुमित्रा थापाले जनताको घरदैलोमै आएर आमा, दिदीबहिनीले वर्षौंसम्म अन्धविश्वासमा रही लुकाएर राखेका रोग र पीडाको पहिचान गरी उपचार सेवामा जुट्ने अवसर प्रदान गर्ने थाक्रे गाउँपालिका र शहीद मेमोरियल अस्पताललाई धन्यवाद दिनुभयो ।

ADVERTISEMENT

शिविरमा सात सय २५ जनाको स्वास्थ्य प्रशिक्षणका साथै औषधि वितरण, ल्याब परीक्षण, भिडियो एक्सरेलगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।

अस्पतालका मधुमेह तथा थाइराइड, जनरल फिजिसियन, नाक, कान, घाँटी, हाडजोर्नी तथा नशा रोग र अन्य विशेषज्ञ डाक्टरले सेवा प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज