अन्तरकलेज फुटसलका विजेता पुरस्कृत

Read Time = 1 min

काठमाडौं । एसवाई बजार कम्पनीद्वारा आयोजित इन्टरकलेज फुटसल टुर्नामेन्टमा जय बहुमुखी क्याम्पस विजयी भएको छ । ललितपुरको राष्ट्रिय खेलकुद केन्द्र च्यासलमा भएको प्रतियोगिताको दोस्रो विजेता पाटन बहुमुखी क्याम्पस र तेस्रो विजेता विनायक सिद्ध कलेज भएका छन् ।

ADVERTISEMENT

फुटसल प्रतियोगितामा ३२ भन्दा बढी निजी तथा सरकारी कलेजका विद्यार्थी सहभागी थिए । एसवाई बजारका निर्देशक विमलराज गोसाईका अनुसार प्रतियोगतामा प्रथम हुने टिमले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेलाई ३५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र, पदक र ट्रफी पुरस्कार प्रदान गरिएको थियो । कम्पनीले सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई पाँच/पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज