वैदेशिक रोजगार विभागको काम ताहाचलबाट

Read Time = 1 min

काठमाडौं । काठमाडौं बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय ताहाचलमा सारिने भएको छ । जेठ २१ गतेदेखि आंशिकरूपमा र असार १ गतेदेखि पूर्णरूपमा ताहाचलबाट सेवा प्रवाह गरिने विभागले जनाएको छ । ताहाचलमा रहेको श्रम कार्यालय परिसरभित्रैबाट विभागले सेवा प्रवाह गर्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

ADVERTISEMENT

हालसम्म विभागले काठमाडांैको बुद्धनगरमा रहेको हिमालयन सीमापार व्यापार भवनको घर भाडामा लिई सेवा दिँदै आएको छ तर हालको ठाउँ सेवा प्रवाहका लागि सानो भएकाले समस्या भइरहेको छ । विभागमा दैनिक सयौँको संख्यामा सेवा लिन आउनेका लागि पार्किङसमेत समस्या रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज