अमेरिकन राष्ट्रपति बाइडेन कार्यक्रममै लडे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बासिङटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन लड्नुभएको छ ।

कोलोराडोमा आयोजित अमेरिकी वायुसेना एकेडेमीको स्नातक समारोहमा डिप्लोमा हस्तान्तरण गर्ने क्रममा उहाँ लड्नुभएको हो ।

उमेरले ८० वर्ष पुग्नुभएका सबैभन्दा वृद्ध राष्ट्रपति हात मिलाउने क्रममा खुट्टा फर्किदा उहाँ लड्नुभएको थियो, उहाँलाई तुरुन्तै सुरक्षाकर्मीले मद्दत गरेर उठाएका थिए ।

ADVERTISEMENT

सो कार्यक्रममा उपस्थित रहेका ९८१ स्नातक क्याडेटहरू प्रत्येकसँग हात मिलाउन राष्ट्रपति करिब डेढ घण्टा उभिनुभएको थियो । ह्वाइट हाउसका सञ्चार निर्देशकले पहिले भने, ‘अहिले उनी ठीक छन् ।’

‘उहाँले हात मिलाउँदै गर्दा स्टेजमा बालुवाको झोला थियो, उहाँ त्यसैमा ठोक्किदा खुट्टा लडबडाउन पुग्यो,’ निर्देशक बेन लाबोल्टले बिहीबारको सो घटनाबारे ट्विटरमा लेख्नुभएको छ ।

त्यो साँझ ह्वाइट हाउसमा फर्किँदा पत्रकारहरूसँग मुस्कुराउँदै राष्ट्रपतिले ठट्टा गरे, ‘म बालुवाको झोलामा ठोक्किए, अनि लडे जस्तो भएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज