बालक कुट्ने वकिललाई एक वर्ष कैद र तिन लाख क्षतिपूर्तिको फैसला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-सरोज निरौला

उदयपुर । ज्यान मार्ने उद्योग गरेको अभियोगमा उदयपुरका एक कानुन व्यवसायी दोषी ठहरिएका छन् ।

उदयपुर जिल्ला अदालतले अधिवक्ता इन्द्रबहादुर तामाङलाई १ वर्ष कैद, १० हजार जरिवाना र ३ लाख रुपैँया क्षतिपूर्तिको फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्की बताउनुभयाे ।

ADVERTISEMENT

अदालतका १ नं. न्यायाधीश कृष्णप्रसाद सुबेदीले आफ्नै इजलासको फैसला बमोजिम सो सजाय निर्धारण गर्नुभएकाे हाे । त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटका स्थायी बासिन्दा अधिवक्ता तामाङले छिमेकी १० वर्षीय बालक आयन लिम्बुमाथि सांघातिक आक्रमण गरी मरनासन्न पारेको भन्दै उनकी आमा सम्झना पाख्रिन तामाङले ०७७ साउन ११ गते ज्यान मार्ने अभियोगमा मुद्धा दर्ता गराउनुभएकाे थियाे ।

कार्कीकाअनुसार अदालतले निर्धारण गरे बमोजिम तामाङले सजाय भुक्तान गर्नुपर्ने हुन्छ। तर, जिल्ला अदालतको फैसला चित्त नबुझे तामाङ उच्च अदालत जान सक्ने उहाँले बताउनुभयाे । जिल्ला अदालतको फैसलाको पूर्ण पाठ तयार भएर प्रमाणिकरण गरेको ७० दिनभित्र तामाङले आफू निर्दोष भएको जिकिर गर्दै जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाँदा धरौटी राखेर बाहिरैबाट मुद्धा लड्न पाउने कानुनी व्यवस्था रहेको छ ।hi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?