देशको सांस्कृतिक पतन भयो भने वर्षौंसम्म पनि सुध्रिन गाह्रो हुन्छ : ओली

नारायण भण्डारी
नारायण भण्डारी
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा नकारात्मक सोच फैलिएको र पतनोन्मुख भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । बुधबार पार्टी कार्यालयमा च्यासलमा कलाकारलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा सम्बोधन गर्र्र्दै अध्यक्ष ओलीले दुनियाँलाई नै सभ्यता र संस्कृतिको पाठ सिकाउने समाज पछिल्लो समय विकृतितर्फ भासिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको हो ।

‘अहिले युट्युब हेर्न सकिँदैन । एकान्तमा जानुपर्ने हुन्छ । हामी सभ्य समाजमा छौँ कि विकृतितर्फ भासिँदै गएको समाजमा छौँ ? अचम्म लाग्दै छ । यही देशबाट सभ्यता र संस्कृतिको सुरुवात भयो, त्यो देश त्यो भूमिमा जसको पुर्खाले दुनियाँमा सभ्यता भन्ने चिजको सुरुवात गरे, संस्कृति भन्ने चिजको सुरुवात गरे, सामाजिक प्रबन्ध भन्ने चिजको सुरुवात गरे, उत्कृष्ट मानवीय भावनाहरूको सुरुवात गरे । अहिले दुनियाँमा कतै नभएको छाडापन यहीँ देखिएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

ओलीले औँठी पनि नलगाउनेलाई सुनैसुन लगाएको ट्रोल बनाएर अफवाह फैलाएको भन्दै आपत्ति जनाउनुभयो । ‘एउटा मानिसले हाकाहाकी झुट बोल्ने कुकर्म कस्तो गर्छ होला ? केपी ओलीको फोटोमा हातभरी सुनैसुन लगाएको, यता पनि सुनैसुनका, बोकिनसक्नु सुनैसुन, त्यति सुन म बोक्न पनि सक्दिनँ होला’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले अहिलेसम्म औँठीसमेत नलगाएको उल्लेख गर्नुभयो । ‘सानै हुँदा आमा बित्नुभयो । यो तैँले लगा भनेर आमाले लगाउने गर्नुभएको औँठी दिएका थिए । तीनचार दिन लगाएँ, त्यो औँठीले बडो डिस्टर्ब ग¥यो । औँठी लगाएपछि पटक-पटक आमा सम्झन थालेँ । त्यसपछि त्यो औँठी लगाइनँ । तर, अहिले बोक्न नसक्ने गरी सुन लगाएर यति साह्रो झुट फैलाए,’ उहाँले भन्नुभयो ।

ADVERTISEMENT

पशुपतिमा सुनको भनेर पित्तलको जलहरी हालिएको भनेर माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधिसभा बैठकमा कुरा उठाउनुभएको थियो । एमालेले विरोध गर्दै संसद् बैठक नै अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै प्रष्टीकरण दिनुपरेको थियो । र, संसद्को रेकर्डबाटसमेत हटाइएको थियो । जलहरी प्रकरणले सदन तातेपछि सामाजिक सञ्जालमा ओलीको तस्बिरमा सुनैसुन लगाएर ट्रोल बनाइएको थियो ।

बुधबारको कार्यक्रममा ओलीले उक्त तस्बिरप्रति लक्षित गर्दै नेपाली समाज गलत दिशामा उन्मुख भएको टिप्पणी गर्नुभयो । समाज र संस्कृति बिग्रिँदा त्यसलाई सुधार्न निकै मुस्किल हुने भन्दै ओलीले नेपाली समाज बिग्रिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीति बिग्रियो भने एक-दुईवटा चुनावमा शिक्षा लिएर सही बनाउन सकिन्छ । अर्थतन्त्र बिग्रियो भने एक-दुई वर्षको बजेटबाट पञ्चवर्षीय योजनाबाट सुधार्न सकिन्छ । देशको संस्कृति बिग्रियो भने, सांस्कृतिक पतन भयो भने त्यो उठाउनका लागि पुस्तौँसम्म लाग्छ ।’

ओलीले इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गर्नुभयो । उहाँले त्यसबाट जोगाउनका लागि चेतनाको विगुल फुक्न कलाकारहरूलाई आहृवान गर्नुभयो । नेकपा एमालेले मुलुकको समृद्धिको अभियान सञ्चालन गरेको र त्यसमा सबैलाई सहभागी गराएर लैजाने अध्यक्ष ओलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?