काठमाडौं । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधारका लागि १५ अर्ब ८७ करोड नेपाली रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । अन्तर्राष्ट्रिय विकास संघमार्फत् विश्व बैंकले नेपालका सरकारी विद्यालयको स्तरीकरण र सुदृढीकरणका लागि उक्त ऋण उपलब्ध गराउने भएको हो ।
सरकारले सञ्चालन गरेका विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमलाई थप सुदृढ बनाउन विश्व बैंकले शिक्षामा विश्वव्यापी साझेदारी परियोजनाअन्तर्गत दुई अर्ब ६० करोड अर्थात् एक करोड ९७ लाख अमेरिकी डलर अनुदान प्रदान गर्ने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले विश्व बैंकको सहयोगले नेपालमा शिक्षाको पहुँच बढाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।
विश्व बैंकका माल्दिभ्स, श्रीलंका र नेपालका देशीय निर्देशक फेरिस हडाड जेर्भाेसले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमले नेपालमा शिक्षाको पहुँच बढाई दक्ष मानव स्रोतको विकासमा टेवा पुुर्याउन सहयोग पुर्याउने बताउनुभयो । अनुदानमा प्राप्त रकम छात्रा, अपांग तथा निम्न आय भएका विद्यार्थीलाई छात्रवृति दिन प्रयोग हुने बताइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts