सुनको भाउ हालसम्मकै उच्च

Read Time = 1 min

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।  बुधबार सुनको भाउ तोलामै १ हजार ५०० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ADVERTISEMENT

म‌ंगलबार पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले १ हजार ३९५ रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज