काठमाडौं । काठमाडौँको टोखा ग्रीनल्यान्डमा कृषक गुप्र प्रालिले एक करोड लगानीमा ‘मिनी हाईपर मार्ट’ सञ्चालनमा ल्याएको छ ।
नेपाली कृषकको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उदेश्यका साथ सञ्चालनमा आएको उक्त प्रालिको सोमबार टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखा नगरपालिका कृषक र व्यवसायीको सम्बद्र्धन र प्रवद्र्धनमा लाग्ने बताउनुभयो । ‘टोखाभित्रका कृषकलाई प्रोत्साहन गर्नका लागि टोखाले किसानलाई निःशुल्क विउविजन वितरण, मलको डिपो थाप्नेलाई अनुदान, हाते ट्याक्टर वितरण गर्दै आएको छ,’ उहाँले भन्नुभयो ।
टोखाले फलफुलका विरुवा वितरण, व्यवसायिक किसानलाई तालिम प्रदान, जैविक तथा रासयिनिक मल वितरण, फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो । टोखाले घना वस्तीमा कौशीखेतीलाई प्राथमिकता दिएर आवश्यक तालिम प्रदान गरेको छ ।
टोखाले चालू आर्थिक वर्षमा स्थानीय तह, प्रदेश सरकार र संघ सरकारबाट गरी एक करोड ५० लाख कृषि क्षेत्रमा विनियोजन गरेको छ । टोखा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष रमेश खत्रीले किसानबाट उत्पादित वस्तुलाई बजारसम्म लैजानका लागि टोखाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘उत्पादनदेखि उपभोक्ता’ भन्ने मूल नारालाई अगाडि बढाएको उक्त मार्टले किसानले उत्पादन गरेका वस्तुलाई बजारसम्म पु¥याउने प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपक न्यौपानेले जानकारी दिनुभयो ।
उक्त मार्टमा सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक र ललितपुरमा उत्पािदत मासु जन्य तथा अण्डा, फलफूल तथा तरकारी जन्य, अगानिक खाध सामान, दूध तथा डेरी बेकरी जन्य, लाइब किचन, खाजा स्टेसन, बबलटी, आइसत्रिम, पपकन, तथा चिप्स, ग्यास तथा जारको पानी, फ्रेस मिट, सिफुड, फ्रोजन अर्गानिक खाधान्न सामाग्री विक्रिका लागि राखिएका छन् । कृषकलाई बजारसम्म सजिलै पहुँच विस्तार गर्नका लागि मार्ट सञ्चालन गरिएको सिईओ न्यौपानेले बताउनुभयो ।
शुभारम्भ कार्यक्रममा सत्यम नेचर केयर अस्पतालका अध्यक्ष पुरुषोत्तम कोइराला, जनसबाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेललगायतले नाफाभन्दा समाजसेवालाई ध्यानमा दिएर कृषकबाट उत्पादित वस्तुलाई बजारसम्म लैजान मार्टले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
मिनी हाईपर मार्टु प्रालिले सर्बसाधारणको सुबिधा लाई ध्यानमा राखी सार्बजानिक शौचालय पनि सञ्चालन गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts