प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा आज नाचघर जमलमा सांस्कृतिक साँझ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । गणतन्त्र दिवस २०८० को अवसरमा मंगलवार साँझ गणतन्त्र दिवस सांस्कृतिक साँझ आयोजना गरिने भएको छ । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा साँझ ६ देखि ७:१५ सम्म राष्ट्रिय नाचघर जमलमा सांस्कृतिक साँझ हुँदै छ ।

प्रधानमन्त्री एवं गणतन्त्र मूल आयोजक समितिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा हुने सांस्कृति साँझमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रज्ञा पतिष्ठान, संगित तथा नाट्य प्रतिष्ठान, ललित कला प्राज्ञ प्रतिष्ठानका कलकारहरुले सांस्कृतिक प्रस्तुति देखाउने छन् ।

ADVERTISEMENT

कार्यक्रमको संयोजन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रलयले गरिरहेको छ । कार्यक्रमको व्यवस्थापन सांस्कृतिक संस्थानले गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *