विद्यार्थीलाई सामग्री वितरण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

रोशी शर्मा/हिटा
काभ्रे । काभ्रेपलाञ्चोकको रोशी माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित विभिन्न सामाग्री वितरण गरिएको छ । लाइन्स क्लब अफ काठमाडौं युनिटी सर्कलका अध्यक्ष रोजेन्द्रराज थापा, उपाध्यक्ष कुमार अधिकारी, लाइन्स क्लव अफ काठमाडौं बालाजु अध्यक्ष श्याम अधिकारी लगायतको सहयोगमा रोशी गाउँपालिका-७ मा रहेको रोशी माध्यमिक विद्यालयमा अध्ययनरत १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित कपडा, व्याग र जुत्ता वितरण गरिएको हो ।

लाइन्स क्लव अफ काठमाडौं जिल्ला ३२५का अध्यक्ष मनिश्री रत्न बज्राचार्यको प्रमुख आतिथ्यता र रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा लगायतको उपस्थितिमा सामाग्री वितरण भएको थियो । रोशी गाउँपालिकाका अध्यक्ष लामाले विद्यालयलाई सवारी साधनका लागि पहल भइरहेको उल्लेख गर्नुहुँदै विधार्थीहरूको संख्या कम हुँदै गएको गुनासो बढ्दै गएकाले टाढा टाढाका विद्यार्थीहरूलाई विद्यालयमा भर्ना गराउनका लागि सवारी साधनको व्यवस्था गर्ने तयारी गरिरहेको बताउनुभयो ।

ADVERTISEMENT

लाइन्स क्लव अफ काठमाडौं जिल्ला ३२५ का अध्यक्ष बज्राचार्यले विद्यालयमा सदैव सहयोग गर्न आपूmहरू तयार रहेको बताउनुभयो । उहाँले राज्यले पनि शिक्षामा लगानी गरिरहेको र लाइन्स क्लवले धेरै सामुदायिक विद्यालयलाई सहयोग गर्दै आइरहको जानकारी दिनुभयो । लाइन्स क्लव अफ काठमाडौं युनिटी सर्कलका अध्यक्ष थापाले विद्यालयमा यो पहिलो सहयोग भएको र यस्ता सहयोगहरू आगामी दिनहरूमा पनि गर्दै जाने बताउनुभयो । उहाँले विद्यालयलाई आवश्यक पर्ने भौतिक समाग्रीहरू उपलब्ध गराउनका लागि आफूहरूले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थी खोजिरहेको र आवश्यकता अनुसार शैक्षिक र भौतिक सहयोग गर्ने पहल गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?