रेशम चौधरी रिहा भएपछि समर्थकहरुः भूमिपुत्रको जित भयो (भिडियाेसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहनुभएका रेशम चौधरी रिहा भएसँगै उहाँका समर्थकहरु खुशी देखिएका छन् ।

सोमवार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा भएसँगै उहाँका समर्थकहरु उहाँको स्वागतका लागि कारागारमा नै पुगेका थिए । चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माईतीघरमा आइ आफ्ना समर्थकहरुसँग भेट गर्नुभएकाे छ । माईतीघर मण्डलामा पनि उहाँलाई स्वागत गर्नेहरुको भीड देखिन्थ्यो ।

स्वागत र समर्थनमा माईतीघर मण्डलामा पुग्नुभएका देवराज लामाले टिकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको र निर्दोषलाई फसाइएको बताउनु भयो । उहाँले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै उहाँले अहिलेसम्म पनि टिकापुर घटनाका वास्तविक दोषीहरुलाई पक्राउ नगरिएको बताउनु भयो । उहाँले आफूहरु अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘टिकापुर घटनाका वास्तविक अपराधीहरुलाई उम्काइएको छ । उहाँ घटनास्थलमा हुनुहुँदैन थियो । उहाँले निर्देशन पनि दिनुभएको होइन, अहिलेसम्म पनि टिकापुर घटनाका दोषीहरु समातिएका छैनन् । अहिले पनि छानबिन गरौँ, हामी अहिले पनि भनिरहेका छौँ लाल आयोग, संसदीय सुनुवाईका आयोगहरुको प्रतिवेदन सार्वजनिक गरौँ न सबै थाहा हुन्छ । उहाँ निर्दोष हुनुहुन्छ ।’

सर्मर्थकहरुले बिरोधका लागि बिरोध गर्ने संस्कृति बढीरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए । रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको उनिहरुकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?